धरान । धरानको इडन एकेडेमी कन्सल्टेन्सीले अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै एकदिने साक्षात्कार कार्यक्रम गर्ने भएको छ । इडनले सोमबार पत्रकार सम्मेलन गर्दै साउन २६ गते साक्षात्कार गर्ने जनाएको छ । कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै साक्षात्कार गराउन लागेको हो । अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयबाट आएका प्रतिनिधिहरूले परामर्श गराउने अध्यक्ष मोहन तिगेलाले जनाए । त्यस दिनलाई भर्ना दिवसको रूपमा पनि मनाइने उनले बताए । उनले कक्षा १२ पास गरेर बसेका विद्यार्थीहरूमा के पढ्ने, कहाँ जाने भन्ने अन्यौलतालाई चिर्नका लागि विश्वविद्यालयका प्रतिनिधिसँग साक्षात्कार गराउन लागिएको बताए । अष्टे«लियाका फेडेरेसन युनिभर्सिटी, युनिभर्सिटी अफ सनसाइन कोष्ट, चाल्र्स डार्विन युनिभर्सिटी, हार्वर कलेज, क्युआई कलेजलगायतका प्रतिनिधि आउँदै छन् । त्यस्तै रेन्सफोर्ड कलेज, लिड कलेज, द वान कलेज, सिड्नी सिटी कलेज, एआईबिटी कलेज, एआईए कलेज र क्यानटरबरी कलेजका प्रतिनिधिहरूले साक्षात्कार गराउन लागेका हुन् ।