धरान। देशकाे मध्य तथा पूर्वी भागमा भारी बर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेकाे छ । महाशाखाका अनुसार आगामी ३ दिन देशभर बदली भइ मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार देशका केही स्थानमा भने अाज भारी वर्षा हुनसक्छ । भने रातको समयमा मध्य र पूर्वमा भारी वर्षा हुने अनुमान महाशाखाको छ ।

मंगलबार जस्तै बुधबार राति पनि पूर्व तथा मध्य नेपालका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान महाशाखाले गरेकाे छ ।