मधुमल्ला/पाँचथर मिक्लाजुङ–५ लेखगाउँकी २१ वर्षिय मृगौला पिडित सबिता राईलाई लियो क्लब अफ मिक्लाजुङले उपचारार्थ ३८ हजार दुई सय रुपयो सहयोग हस्तान्तरण गरेको छ । लायन्स क्लब अफ मिक्लाजुङको भातृ संस्था लियो क्लब मिक्लाजुङले क्लव मेम्बर तथा स्वेक्षिक रुपमा व्यापारी तथा बुद्धी जिबीहरुसँग सहयोग संकलन गरी आइतबार हस्तान्तरण गरेको हो । आइतबार मोरङ मिक्लाजुङ–७ मधुमल्लामा रकम बुझ्दै पुर्वकै लोक प्रीय वरिष्ठ गायक तथा संगितकार सबिताका काका बिशाल राईले लियो क्लव अफ मिक्लाजुङले दुखेको घाउमा मलम लगाई निको पार्न सहयोग पुर्याकोमा खुसी व्यक्त गर्दै लियो क्लव अफ मिक्लजुङलाई धन्यवाद व्यक्त गरे । मानविय सेवामा सकेको सहयोग गर्नु पर्छ भन्ने कुरालाई आत्मासाथ गर्दै लियो क्लव अफ मिक्लाजुङले सहयोग गरेको लियो क्लवका अध्यक्ष प्रविन खतिवडले बताए । मृगौला पीडित सबिता हाल डायलिसिस गराइ रहेकी छिन् । र उनको मृगौला ट्रांसप्लांट गर्नु पर्ने उपचारमा संलग्न डाक्डरहरुले बतएका छन् । पारिवारिक अवस्था कमजोर भएकी सविताका एक १० महिने छोरा पनी काखमै साथ छन । बिरामी सबिता अफु आफ्नो १० महिने छोराको स्याहारका लागी नै भएपनी बच्न चाहेको बताउँछिन् ।