इटहरी ।   झुम्का कारागार अगाडि रहेकाे चतरा नहरमा २ बालबालिका डुबेका छन् । डुबेकाहरूकाे खाेजी गर्ने क्रममा प्रहरीले  ११ वर्षीय सिर्जना खड्काकाे शव फेला पारेकाे छ ।
७ वर्षीय अश्विन खडका भने बेपत्ता रहेकाे प्रहरीकाे भनाइ छ । उनकाे खाेजी कार्य जारी रहेकाे छ । भाडा माझ्ने क्रममा उनीहरूलार्इ नहरले बगाएर बेपत्ता  बनाएकाे  थियाे ।  बेपत्ता बालककाे सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र इनरूवा नगरपालिकाकाे दमकल  युनिटले खाेजी कार्य जारी राखेकाे छ । दमकलद्वारा अहिले नहरकाे पानी सुकाउने काम भइरहेकाे बताइएकाे छ । घटनासम्बन्धी थप विवरण अाउन बाँकी छ ।