भद्रपुर (ब्लाष्ट) / नक्कली भ्याट बिल (मूल्य अभिबृद्धिकर) प्रयोग गरी अबैध कारोबारको आरोपमा पक्राउ परेका व्यापारीसहित तीन जना कारागार चलान भएका छन् ।
झापा भद्रपुर बजारमा सञ्चालित शिव स्टोरका सञ्चालक सञ्जीव घोष र उनका सहयोगी भद्रपुरकै महोमद युवराम मियाँ र चालक विकास विश्वकर्मालाई मङ्गलबार कारागार चलान गरिएको राजश्व अनुसन्धान पूर्वाअञ्चल क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा १ करोड ५७ लाख धरौटी रकम बुझाउन नसकेछि उनीहरुलाई पुर्पक्षको लागि सुनसरी स्थित पुर्वाञ्चल क्षेत्रीय कारागार झुम्का पठाइएको राजश्व अनुसन्धान पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीका प्रमुख जयबहादुर भण्डारीले बताए ।