(बेलबारी) मोरङको बेलबारी र सुन्दरहरैंचामा यसको प्रयोगकर्ताहरु बढेपछि इलाका प्रहरी कार्यालय बेलबारीले स्वीफ्ट अपरेसन अभियान चलाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको जिम्मेवारी लिएर आएका रामकुमार राईले पहिलो अभियान लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि अभियान सञ्चालन गरका हुन् । बेलबारीमा स्थानीय अभिभावकको गुनासो सुनेपछि बेलबारी र सुन्दरहरैंचामा स्वीफ्ट अभियान चालिएको निरीक्षक राईले बताए । प्रहरीले बेलबारी र सुन्दरहरैंचाको मुख्य पोईन्टबाट तीन दिनमा ४३ जना लागुऔषध प्रयोग कर्ताहरु पक्राउ गरेका छन् । कसेनीको धनपालगडी र हसिना सिमसार लगायत विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय परिशरमा लागुऔषध सम्वन्धि सचेतना कार्यक्रम मार्फत सामाजिक जीवन जीउन उत्प्रेरणा जागउने र सुमार्गमा हिड्न हौसला दिई अभिभावक समक्ष जिम्मा लगाएको प्रहरी निरीक्षक राईले बताए । लागुऔषधको ओसार पसार र बिक्रीको केन्द्रका रुपमा विकसित बेलबारी र सुन्दरहैंचाबाट गतसाल मात्र ४५ जना लागुऔषधको कारोवार तथा प्रयोग गरेको अभियोगमा पक्राउ परे । जसमा तीन जना महिला थिए । पक्राउ परेका मध्यलाई मुद्धा चलेको र कतिपय अभियुक्त धरौटीमा रिहा भए । ईलाका प्रहरी कार्यालय बेलबारीले एक वर्ष भित्रमा ठूलो परिमाणको लागूऔषध पनि बरामद ग¥यो । बेलबारी र सुन्दरहरैंचा आसपासको क्षेत्रमा हुने लागुऔषधको कारोवारले भयानक रुप लिने स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।