इटहरी । सुनसरी मोरङ सिचाई नहर स्थित झुम्का कारागार अगाडी रहेकाे चतरा नहरमा डुबेर दिदि भाईको मुत्यु भएको छ । मगंलबार दिउँसो १२ बजे खाना खाएको भाडा माज्ने क्रममा नहरमा डुबेर दिदि भाईको मुत्यु भएको प्रत्यक्षदर्शीले बताएकी छिन ।

भाडा माज्ने क्रममा११ बर्षिय सिर्जना खड्का र उनै भाई ९ बर्षिय अश्बिन खड्काको नहरमा डुबेर मुत्यु भएको हो । भाडा माज्ने क्रममा भाई नहरमा डुबे पछि बचाउँने क्रममा दिदिलाई पनि बगाए पछि छिमेकीहरुलाई खबर गरेको प्रत्यक्षदर्शी मिना खातुनले बताईन । उनले भनिन सिर्जना बग्दै गरेको देखे पछि गाउँलेलाई खबर गरे ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता नारायाण चिमरियाले बताए । खाना खाएको भाडा माज्ने क्रममा उनीहरु ढुबेर मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीको अनुसार साडे ५ घण्टा पछि शव निकालिएको प्रहरीको भनाई छ । बेपत्ता बालकको सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र दमकलहरुको सहयोगमा उनीहरुको शव खोज्न परिचालन गरीएको थियो । उनीहरुको शब पोष्टमाटमको लागी धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले बताएको छ ।

मृतकका वुबा दिनेश खड्काले आफु मजदुरीको लागी काम गर्ने गएको बेला छोरा छोरी बगाएको बताए । उनीहरु मागमा भारतबाट आएका हुन । मृतक बालबालिकाको आमा भने गत चैत्रमै अर्को सँग विवाह गरेर गए पछि बुवा र हजुरआमा सँग बस्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएको खड्का परिवारका दुई बालबासलिका सिंगियाको जनता माविमा दिदि कक्षा ४ र भाई २ कक्षामा पढ्दै आएका थिए । मृतक बालबालिकाको हजुरआमा ज्ञानु खड्काले भनिन् जति बेला पनि ममि ममि मात्र भन्थ्ये म ज्यालादारीमा काम गर्ने गएको बेला नहरले बगाएछ आखाभरी आसु पादै हजुरआमा ज्ञानुले भनिन् । लामो समय देखि सुनसरी मोरङ सिचाई आयोजनामा उनीहरु बस्दै आएका छन ।