धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी लगायत राजनितिक पार्टीहरुले आव्हान गरेको बन्दका कारण धनकुटा सहित कोशि पहाडको जनजिवन मंगलकबार प्रभावित भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघिय लिम्बुवान पार्टी, लिम्बुवान राष्ट्रिय क्रान्तीकारी पार्टी र कोचिला एकता मोर्चाले आव्हान गरेको किरात लिम्बुवान खम्बुवान संयुक्त बन्दका कारण धनकुटा लगायत कोशि पहाडको जनजिव मंगलवार अस्तव्यस्त भएको हो । नेपालको संविधान २०७२ ले मुलुकमा जाती, वर्ग, लिंग, र समुदायलाई संवैधानिक रुपमा अधिकार सम्पन्न गराउन नसकेकाले प्रतिगामी संविधानको विरोधमा पुन संशोधन हुनु पर्ने भन्दै बन्द आह्वान गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद सदस्य विष्णु थाम्देनले बताएका छन् ।

प्रतिगामी संविधानले लिम्बूवान, खम्बुवान, तमुवान, मगरात, थरुहट, मधेश, नेवाराज्य, ताम्सालिंग, खसान, कोचिला, लगायतका पहिचानमा आधारित संघिय राज्यहरुको इतिहाँस नै नामेट गरेका कारण यसको विरोधमा बन्द गरिएको बताइएको छ । एक नम्बर प्रदेशको नाम किरात लिम्बूवान–खम्बुवान हुनुपर्ने उनीहरुको माग छ । अपुरो र अधुरो संविधान पुर्नलेखन हुनुपर्ने समेत बन्दकर्ताद्वरा जारी अपिलपत्रमा उल्लेख छ । पहिलो संविधानसभा २०६४ ले निर्देश गरेको राज्य पुनःसंरचना, शासकिय स्वरुप पूर्ण निर्वाचन प्रणालीले राष्ट्रलाई अग्रगमन दिशामा अगाडी बढाउने अबस्थामा लिम्बुवान राज्य सुनिश्चित गर्न १८३१ श्रावण २२ को सन्धीलाई स्मरण गराउँदै २०६६ श्रावण २२ गते देखी लिम्बुवान बन्द घोषणा गरिदै आएको बताइएको छ । नयाँ संविधानमा पहिचान सहितको संघिय राज्यहरुको सुनिश्चित नहुन्जेलसम्म आन्दोलन जारी रहने पनि उल्लेख छ । बन्दको कारण धरानबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा र तेह्रथुमजाने लामो या छोटो दुरीका कुनै पनि सार्वजानिक यातयातको साधनहरु चलेन्न । बन्दको कारण कोशि पहाडमा कुनै पनि अप्रिय घटना नभएको प्ररहीले जनाएको छ । राष्ट्रिय जनमुक्ती पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्द आह्वान गरेका हुन भने लिम्बुवान जनता पार्टी, खम्बुवान राष्ट्रिय मञ्च, लिम्बुवान मुक्ति मोर्चा संघियवादी, लिम्बुवान क्रान्तीकारी पार्टी, खम्बुवान मुक्ति मोर्चा र लिम्बुवान प्रान्तिय राष्ट्रिय मञ्चले बन्दको एक्यबद्धता जनाएका थिए ।