तेह्रथुम । तेह्रथुम बस्ने ४५ वर्षीया महिलालाई सार्बजनिक यातायातमा दुब्र्यावहार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । इनरुवा नपा १० बस्ने २१ वर्षीय राज अन्सारीलाई मङ्गलबार तेह्रथुमको बसन्तपुरबाट प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले धरानबाट संखुवासभा आएको बसमा सवार हु“दा आफुलाई यौन दुब्र्यवहार गरेपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा आरोपित अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले बताए । आरोपित अन्सारीले धरानबाट संखुवासभा आउने बसमा सवार ह“ुदा सम्वेदनशील अङ्गमा छोएको भन्दैे इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएकी थिइन् । प्रहरीद्वारा पक्राउ परेका अन्सारीलाई कानूनी कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।