भद्रपुर । केहीवर्षयता झापामा सम्बन्ध विच्छेद्,मानव बेचविखन र जवरजस्ती करणीका घट्ना बढी हुने गरेको पाइएको छ । झापा जिल्ला अदालतमा दुइवर्षको अवधिमा दर्ता भएका मुद्दाको प्रकृतिले यस्तो देखाएको हो । गत आर्थिक वर्ष ०७३।७४ मा ६ सय ७१ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष ०७४।७५मा ७ सय २३ दर्ता भइ गत वर्ष भन्दा ५२ ओटा बढी देखिएको अदालतले जनाएको छ । यो प्रकृतिका मुद्दा दर्ता बढ्नुमा वैदेशिक रोजगारसँगै सम्पत्तिको लालच प्रमुख कारण भएको फाँटवाला कर्मचारीको भनाइ छ । कम उमेर समूहबीच विवाह,प्रेम विवाह,अन्तरजातिय विवाह पनि सम्बन्ध विच्छेद्का सहयोगी भएको उनिहरु बताउँछन् । श्रीमान वा श्रीमती वैदेशिक रोजगारीमा जाने र स्वदेश वसेकोले मोजमस्ती गरी सम्पत्ति सक्ने वा अन्तै घरजम गरिसकेका कारण यो मुद्दा अदालतमा बढी दर्ता हुने गरेको शाखा अधिकृत इन्द्र योङ्हाङ्ले बताए । सामाजमा देखासिखी गर्दै हैसियत तुलना गर्ने परिपाटिले प्रशय पाइरहेको हँुदा वार्षिक रुपमा यस्ता खाले मुद्दा अदालतमा बढी आउने गरेको अधिकृत योङ्हाङ्को भनाइ छ । यस्ता मुद्दामा महिलाको सङख्या धेरै भएको उनले जनाए । विवाह गरेको केहीदिनमा नै सम्बन्ध विच्छेद्को मुद्दा समेत आउने गरेको एक कर्मचारीले नाम चै नहाल्नु भन्दै बताए । केही दिन अघि मात्र श्रीमानलाइ समय खराब भएकोले रकम चै बैङ्क मार्फत पठाउन लगाएर श्रीमान घर आउदा श्रीमती वेपत्ता भएको घट्ना उनले सुनाए । विवाह गर्नु अगाडी केटाले सम्पत्तिको अवस्थाका बारेमा केटीलाइ जानकारी गराउने र विवाह पश्चात मनमुटाव गरी सम्पत्ति हडप्न अंश मुद्दा दायर गर्ने घट्ना आउने गरेको उनले बताए ।

मानवबेचविखनमा दोब्बर वृद्धि त्यसैगरी गत वर्षको तुलनामा यो वर्ष मानव बेचविखन दोब्बर वृद्धि भएको पाइएको छ । अर्थिक अवस्था असहज भएपछि वैदेशिक राजगारीको लागि वैधबाटोबाट रकम अभावले गर्दा दलाल मार्फत अवैधबाटो समाउनु पर्ने बाध्यताले यो क्षेत्रमा वृद्धि भएको कानून व्यवसायी बताउँछन् । गत आर्थिक वर्ष ०७३।७४ मा १३ र आर्थिक वर्ष ०७४।७५ मा २६ ओटा मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कले देखाएको छ । ग्रामीण भेगका महिलाहरुलाई ललाइ फकाइ र आर्थिक क्षेत्र बलियो हुने सपना देखाएर अवैधबाटो प्रयोग गरी लैजाने नै प्रमुख समस्या भएको बयानका आधारमा पाइएको अदालतले जनाएको छ । महिलालाई चेतना र वृस्तीत जानकारी नलिएसम्म यस्ता घट्नामा कमी नहुने झापा बार एशोसिएशनका अध्यक्ष सूरज कुमार खत्री बताउँछन् ।

मादक पदार्थका कारण जवरजस्ती करणी जिल्ला अदालतमा दर्ता हुने जवरजस्ती करणीको मुद्दामा पचास प्रतिशत मादक मदार्थ सेवन देखिएको छ । अदालतले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष ०७३।७४मा ८९ र आर्थिक वर्ष ०७४।७५ मा १ सय २७ ओटा मुद्दा जवरजस्ती करणीमा मात्र दर्ता भएको शाखा अधिकृत इन्द्र योङ्हाङ्ले जनाए । मादक पदार्थ सेवन सँगै ललाइ फकाइ,मानसिक तनाव,धाक धम्की,प्रविधिको विकास,नकरात्मक सोचाइ,वेरोजगारी लगायतका कारण यस्ता घट्नामा वृद्धि आएको उनको भनाइ छ । पहिले सहमतीमा हुने र कसैले देखेमा करणी गरेको ठहरीने पनि मुख्य समस्या रहेको उनले जनाए । जवरजस्ती करणीका मुद्दा बढ्नुमा रहन सहन, लवाइ खवाइ र पछिल्लो समयमा देखिएको सामाजिक सञ्जाल,विभिन्न प्रकारका चलचित्र ,मोवाइल जस्ता प्रविधिले घट्ना वृद्धि भएको झापा वारका अध्यक्ष सूरज कुमार खत्रीको भनाइ छ ।

२६ सय ४१ ओटा मुद्दा फछर्यौट जिल्ला अदालतले आर्थिक वर्ष ०७४।७५ मा २६ सय ४१ ओटा मुद्दा फछर्यौट गरेको छ । गत वर्ष ०७३।७४मा जिम्मेवारी सरेर आएका १६ सय ३९ र यो वर्ष २७ सय ८८ गरी ४४ सय २७ ओटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको जनाएको छ । दर्तामध्ये १७ सय ८६ ओटा मुद्दा चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको शाखा अधिकृत इन्द्र योङ्हाङले बताए । व्यत्तिवादी र सरकारवादी देवानी,व्यत्तिवादी र सरकारवादी फौजदारी लगायतका मुद्दा दर्ता हुने गरेको उनको भनाइ छ ।