हामीले आजकाल किचनमा प्रयोग हुने धेरै खानेकुरा फ्रिजमा राखेर प्रयोग गर्छौं । फ्रिजमा राखेका सबै खानेकुरा ताजा हुने विश्वास हामीमा छ । तर फ्रिजमा राखिएका सबै खानेकुरा हामीले सोचेजस्तै सधैँ ताजा हुँदैनन् । कुनै खाद्यपदार्थ यस्तो हुन्छ, जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । हालै गरिएको एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रङ र स्वादसमेत फरक पर्न जाने पाइएको छ ।

कफीः कफीलाई फ्रिजमा राख्दा फ्रिजमा भएका अन्य चीजको बासना कफीमा पर्ने कारण कफीको स्वादमा फरक पर्न जान्छ ।                  गोलभेँडाः फ्रिजमा निकै कम तापमान हुने गर्छ जसले गोलभेँडाको स्वाद खराब हुनजान्छ । साथै यो निकै नरम हुनजान्छ । प्याजः प्याज फ्रिजमा राख्दा ढुसी पर्ने खतरा हुन्छ । यदि प्याज काटेर फ्रिजमा राखियो भने प्याज सुक्ने हुन्छ । काटेको प्याज फ्रिजमा राख्दा यसको गन्ध अन्य खाद्यपदार्थमा समेत पर्न जान्छ । केराः केरा फ्रिजमा राख्दा धेरै पाक्ने र नरम हुनुका साथै यसको पोषणतत्वमा समेत कम हुन्छ । महः मह फ्रिजमा राख्दा यो निकै कडा हुने गर्छ । फ्रिजमा कम तापमान हुनेका कारण महमा क्रिस्टलाइजेशन हुने कारण चम्चाबाट झिक्नसमेत गाह्रो हुन्छ । खरबुजाः खरबुजालाई कोठाको समान तापमानमा राख्नुपर्छ । यसलाई फ्रिजमा राख्दा यसको भित्रीभाग कडा हुने तथा पोषणतत्वमा समेत कमी आउँछ ।                                                                                                                                                                    लसुनः लसुनलाई पनि कोठाभित्र नै राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राखेको १२ घण्टाभित्रमा सुख्खा हुने गर्छ ।