पानवारी । इटहरी विरेन्द्र चोकमा भएको सवारी दुर्घटनामा परी एक मोटरसाइकल चालक घाइते भएका छन् । विरेन्द्रचोकमा नम्बर नखुलेको ट्याङ्कर र मोटरसाइकल एक आपसमा ठककर खाँदा भएको दुर्घटनामा परी इटहरी–६ बस्ने ताराधन श्रेष्ठ घाइते भएका हुन् । उनको हात र खुट्टा भाच्चिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरी दुर्घटनामा एक घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































