मधुमल्ला । पाँचथर मिक्लाजुङ–५ लेखगाउँकी २१ वर्षीय मृगौला रोगबाट पीडित सविता राईलाई लियो क्लब अफ मिक्लाजुङले उपचारार्थ ३८ हजार दुई सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । लायन्स क्लब अफ मिक्लाजुङको भातृ संस्था लियो क्लब मिक्लाजुङले क्लब मेम्बर तथा स्वेच्छिक रूपमा व्यापारी तथा बुद्धिजीविसँग सहयोग सङ्कलन गरी आइतबार हस्तान्तरण गरेको हो । आइतबार मोरङ मिक्लाजुङ–७ मधुमल्लामा रकम बुझ्दै सविताका काका गायक तथा सङ्गीतकार विशाल राईले लियो क्लब अफ मिक्लाजुङले दुखेको घाउमा मलम लगाई निको पार्न सहयोग पु¥याको भन्दै खुसी व्यक्त गरे । मानवीय सेवामा सकेको सहयोग गर्नु पर्छ भन्ने कुरालाई आत्मासात् गर्दै लियो क्लब अफ मिक्लाजुङले सहयोग गरेको लियो क्लबका अध्यक्ष प्रवीण खतिवडाले बताए । मृगौला पीडित सविता हाल डाइग्नोसिस गराइरहेकी छन् । उनको मृगौला ट्रान्सप्लान्ट गर्नु पर्ने उपचारमा संलग्न डाक्डरहरूले बतएका छन् । पारिवारिक अवस्था कमजोर भएकी सविताका १० महिने छोरा छन् । १० महिने छोराको स्याहारका लागि भए पनि बाँच्न चाहेको बताउँछिन् ।