तेह्रथुम । म्याङ्लुङकी एक युवतीलाई करणी गरेको आरोप लागेर फरार एक आरोपित युवालाई प्रहरीले ११ महिनापछि पक्राउ गरेको छ । म्याङ्लुङ नगरपालिका–१ का राजकुमार लिम्बूलाई प्रहरीले ११ महिनापछि पक्राउ गरेको हो । पीडित युवतीको उजुरीपछि फरार रहेका लिम्बूलाई म्याङ्लुङस्थित घरमा आएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका लिम्बूलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको डिएसपी राजन भुजेलले जानकारी दिए । आरोपित लिम्बूले पीडित युवतीलाई २०७४ असोज १५ गते राति मोटरसाइकलमा घुम्न गएको बेला जबरजस्ती गरेको उजुरी प्रहरीमा दिएकी थिइन् । घटनालगत्तै लिम्बू फरार भएका थिए ।