पथरीशनिश्चरे । विशेषगरी महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संस्था ओरेक नेपालको मोरङस्थित पथरीशनिश्चरे नगर समिति गठन भएको छ ।

नगरको विभिन्न वडामा महिला तथा बालबालिका पक्ष सहितका सामाजिक क्षेत्रमा क्रियाशीलहरुलाई सम्मिलित गराई गोमा निरौलालाई अध्यक्ष चुनेर २५ सदस्यीय समिति बनेको हो ।

कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरमा महिला तथा बालबालिकाको समस्या समाधान र अधिकार स्थापित गर्ने कुरामा सक्रिय भूमिका निर्वाहका लागि नयाँ समितिलाई शुभकामना व्यक्त गरेका छन् ।