इटहरी/ हिंसा पिडितहरुको लागि उचित व्यवस्थापन गर्ने उदेश्यले इटहरीमा स्थापना भएको माया घर नेपालको जग्गामा विहीबार वृक्षारोपण गरिएको छ ।

लेडी जेसिज इटहरीको आयोजनामा इटहरी २ स्थित मायाघर परिसरको जग्गामा वृक्षारोपण गरिएको हो । विभिन्न प्रजातिका एक सय भन्दा बढी विरुवा सो अवसरमा रोपिएको थियो । माया घर नेपालकी अध्यक्ष राधिका दासी सहित इटहरी लेडि जेसिजकी अध्यक्ष मीनु न्यौपाने, आयुर्वेदिक टोल विकास संस्थाका अध्यक्ष जनकबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो । हिंसा पिडितहरुको उद्धार र व्यवस्थापन गर्ने उदेश्यले गत पुस महिनामा इटहरी २ आयुर्वेदिक टोलमा श्रीमद् भागवतको आयोजन गरी आर्थिक संकलन गरिएको थियो । संकलित रकम र सो अवसरमा प्राप्त जग्गामा हाल माया घर नेपाल निर्माणको क्रममा रहेको छ । भवन बन्ने भाग बाहेकमा वृक्षारोपण गरिएको मायाघर नेपालले जनाएको ।

वृक्षरोपण कार्यक्रममा इटहरी लेडि जेसिजका पदाधिकारी तथा अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।