यासोक/पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा विश्व आदिवासी दिवस एक कार्यक्रमका वीच मनाईएको छ ।
बिश्वभरका आदिवासी अधिकारको प्रतिनिधित्व गर्दै २४ औं विश्व आदिवासी दिवस मनाईएको हो । आधिवासी अधिकार, सुशासनको लागि आदिवासी अडान, पहिचान सहितको संघीयता हाम्रो साझा अभियान’ भन्ने मुल नारासहित विश्व आदिवासी दिवस मनाईएको कार्यक्रमका प्रमुख अथिति पूर्व डिएस्पी जगतजंग लावतीले बताए । उनले आदिवासी जनजातीहरुको जल, जमिनको अधिकारलाई राज्यले बुझन् नसकेको भन्दै राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा आईएलओ १६९ ले निर्दिष्ट गरेको अधिकारलाई कुन्ठीत गर्न नहुने विषयमा जोड दिए । कार्यक्रममा आदिवासी जनजातीको पहिचान झल्कने खालका तामाङ समुदायको डम्फु, लिम्बु समुदायको च्याबु्रङ लगायतको सामाग्रीहरुको प्रर्दशन गरिएको थियो । दुर्गा बम्जनले सञ्चालन गरेको कार्यक्रम नेपाल अदिवासी जनजाती महासंघ कुम्मायक गाउँपालिका सम्योजक सुर्यकिरण साङपाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।