विराटनर/ मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसीनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको लापारबाहीले ८ महिनाको गर्भवतीकाे मृत्यु भएको छ ।
[caption id="attachment_90231" align="aligncenter" width="3612"] उपचारमा लापरबाही गरेको भन्दै आन्दोलित भएका आफन्तहरु । तस्विर : अनिल श्रेष्ठ[/caption]सुनसरीको इटहरी – १३ खनारकी २५ वर्षिय सगिरा खातुनको उपचरामा लापरबाही भएको कारणले बिहीबार मृत्यु भएको आफन्तको आरोप छ । विरामीको मृत्युभएपछि आक्रोशित भएका आफन्तले दिनभरी नाराबाजी गर्दा अस्पताल तनावग्रस्त बनो । पीडितका आफन्तहरुले लापरबाही गर्ने चिकित्सवहरु कारवाही नगरे आन्दोलनमा उत्रिने मृतकका काका ससुरा रहमल मियाँले बताए । चिकित्सवको लापरबाहीले सुत्केरीको मृत्यु भएपछि पीडितहरुको आक्रोसित भिड नियन्त्रण गर्न मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । मोरङ प्रहरीले प्रहरी निरीक्षको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरेको हो ।
सामान्य पेट दुखेपछि साउन १७ गते खातुनलाई आफन्तले विराट टिचिङ्ग हस्पिटलमा भर्ना गराएको उनका काका सुसुरा रहमलले बताए । ‘सामान्य पेट दुखो भनेर हस्पिटल लगेको हौं,’ मृतकका काका ससुरा रहमलले भने, ‘८ महिनाको गर्भ रहेको बुहारीको चिकित्सकले भर्ना गरेकै दिन शल्यक्रिया गरिदयो । सामान्य पेट दुखो भनेर हामीले हस्पिटल ल्याएको हो । पेटमा मात्र समस्या हुँदा कसरी विरामीको मृत्यु हुन्छ ? उनले प्रश्न राख्दै भने, ‘हस्पिटल र चिकित्सवको लापरवाहीले बुहारीको मृत्यु भएको हो ।’ लापरवाही गर्ने चिकित्सवलाई कानुनी रुपमा कारवाही गर्नुपर्ने उनीहरुको माग छ । हस्पिटलको स्त्री रोग तथा प्रसूती रोग विशेषज्ञ डा. हनुनी पी पोखरेलको टिमले सगिराको उपचार गरेका थिए ।
यता हस्पिटलका व्यवस्थापक अरविन्द्र मण्डलले विरामीलाई इन्फेक्सन भएर आमा र बच्चाको अवस्था खतरा भएको कारणले आफन्तको सल्लाहामा शल्यक्रिया गरेको बताए । उनले भने, ‘विरामी भएकी खातुनलाई ‘एक्मसिया’ देखियो । एक्मसिया हुँदा शल्यक्रिया गरिएन भने विरामीको मृत्युसम्म हुन सक्छ,’ उनले भने । अन्त्यसम्म चिकित्सवले सक्दो सम्पूर्ण उपचार गर्दा समेत विरामीलाई बचाउन नसकेको उनको भनाई थियो । विरामी भएकी खातुनमा पोषणको समेत कमी रहेको अस्पताल प्रशासनले जनाएको छ । खातुनको मृत्यु भएपनि उनको नवजात छोरी सकुलस रहेको अस्पतालले जनाएको छ ।
अस्पता प्रशासन र विरामीको आफन्त बिच भएको सहमती साझसम्म हुन सकेको छैन । अस्पताल प्रशासनले पीडितलाई क्षतीपूर्ती दिनर्पछ भन्ने प्रस्ताव राखेका थिए । तर, विरामीको आफन्तहरुले भने क्षतीपूर्ती मात्र होइन उपचारमा लापरबाही गर्ने चिकित्सवलाई कारवाही गर्नुपर्ने माग राखेका थिए । यस्तो माग राख्दा सहमति हुन नसकेको विरामीको आफन्तको भनाइ छ ।
दुई महिना अगाडी समेत यस अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको थियो । दुहबी ९ सोनापुर घर भएको रफीद मियाँको छोरीको मृत्यु भएको थियो ।