सिराहा । सिरहाको मिर्चैया–कल्याणपुर सडक–खण्डमा बिहीबार पेस्तोल देखाएर २५ लाखभन्दा बढी रकम लुटिएको छ । कल्याणपुर नगरपालिका–११ मा सञ्चालित राजाराम सव मनी ट्रान्सफरका सञ्चालक राजाराम साहले आइएमईबाट ल्याउँदै गरेको अवस्थामा २५ लाख ६० हजार रुपैयाँ लुटिएको हो ।

उनले मिर्चैयास्थित ग्लोबल आइएमई बैङ्कबाट रकम ल्याउने क्रममा दुर्ईवटा मोटरसाइकलमा आएको अज्ञात समूहले पेस्तोल देखाएर लुटपाट गरेको हो । यसअघि पनि त्यही क्षेत्रमा लुटपाट भएको थियो । डेढ महिनाको अवधिमा लुटपाट भएको प्रहरीले इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दीपेन्द्र साहले बताए । लुटेराको खोजी कार्य तीव्र पारिएको छ ।