पानवारी । खप्तडी बस्नेत युवा समाज पूर्वाञ्चलको आयोजनामा तीनदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुनेभएको छ ।

यही शुक्रबार, शनिबार र आइतबार गरी ३ दिनसम्म चल्ने स्वास्थ्य शिविरमा जोर्नि दुखेको, नशा च्यापिएको, हड्डी खिइएको, वाथ, प्यारालाइसिस, माइग्रेन र पिनासको उपचार गरिने खप्तडी बस्नेत युवा समाज पूर्वाञ्चलका अध्यक्ष समनसिंह बस्नेतले जानकारी दिएका छन् । सुस्वास्थ्य हस्पिटल काठमाडौका चिकित्सकहरुले इटहरी स्थित लायन्स क्लबको भवनमा ३ दिनसम्म फिजियोथेरापी, अकुपंचर, प्राकृतिक उपचार तथा आयुर्वेद उपचार पद्धतीबाट सेवा दिने अध्यक्ष बस्नेतले जनाएका छन् । उनले बिरामीहरुले लामो समयदेखि उचित उपचार नपाउँदा पीडा सहेर बाँच्नु परेको भन्दै त्यस्ता विरामीलाई शिविरमा आएर सेवा लिन समेत आग्रह गरेका छन् ।