बलिउड नायिका प्रियंका चोपडासँगको प्रेम र विवाहका विषयमा हलिउड सिंगर निक जोनसले पहिलोपटक मुख खोलेका छन् । उनले प्रियंकासँग आफ्नो ईंगेजमेन्ट भइसकेको स्वीकार गरे । हालै एक कार्यक्रममा प्रियंका र निक दुवै उपस्थित थिए । पत्रकारहरुले प्रियंकालाई निकसँगको सम्वन्धबारे लगातार प्रश्नको वर्षा गरेपछि प्रियंका आक्रोशित भइन्।
‘मेरो निजी जिन्दगीको कुरा तपाईंहरुलाई किन बताउने ? के म चुनाव लड्न लागिरहेकी हुँ र ?’ प्रियंकाले झोक्किदै भनिन् । त्यसपछि पत्रकारहरु निकतिर लागे । उनले भने शान्त भएर जवाफ दिए । पत्रकारले उनलाई सोझै ‘प्रियकासँगको ईंगेजमेन्टका लागि बधाई’ भनेका थिए । जवाफमा उनले धन्यवाद दिए । थप केही बोलेनन् । त्यसपछि उनलाई विहे कहिले गर्ने भनेर सोधियो । निकले यसबारे कुनै टुंगो नलागेको बताए । यद्यपि, आफू घर बसाउनका लागि आतुर रहेको पनि उनले उल्लेख गरे ।
‘म चाँडोभन्दा चाँडो आफ्नो परिवार बनाउन चाहन्छु र उनी पनि यस्तै चाहन्छिन् । तर, हामी दुवै जना व्यस्त भएकाले समय निकाल्न गाह्रो भइरहेको छ,’ निकले भने । निकले यसो भनिरहँदा प्रियंका भने घोसेमुन्टो लगाएर बसिरहेकी थिइन् ।