धरान/प्लस टु का विद्यार्थीहरुलाई लक्षित गरि आयोजना हुन लागेको मिस प्लस टु २०१८ सिजन टुको कलेज क्याम्पिन आयोजकले सुरु गरेको छ । विद्यार्थीहरुमा भएको क्षमता अभिवृद्धि तथा पहिचान र अवसर प्रदानका लागि विग इभेन्ट नेपालको आयोजनामा हुन लागोको मिस प्लस-टु  दोस्रो सिजनको जानकारी गराउन शुक्रबार अयोजक विद्यार्थीहरुको माझमा पुगेका थिए ।  आयोजकको साथमा मिस प्लस टु २०१७ कि विजेता सिमरन तुलाधर आफै पनि विद्यार्थी माझ पुगेर आफ्नो अनुभव सुनाएकी थिइन् । उनले मिस प्लस टु इभेन्टले आफुमा भएको क्षमता अभिवृद्धिसँगै आफुमा भएको क्षमता सबैको सामु देखाउने अवसर पाएको अनुभव सुनाइन् । यस इभेन्टले आफुमा भएको भित्रि सुन्दरता देखाउने अवसरसँगै श्रमता अभिवृद्धि गर्न समेत मदत मिलेको विद्यार्थीहरुलाई बताइन् ।

मिस प्लस टुको दोस्रो सिजनको पहिलो अडिसन यहि भाद्र ९ गते शनिबार धरान ९ स्थित हाङ्गकुक साराङ्ग कोरियन रेष्टुरेन्टमा हुदैछ । अडिसनबाट छनौट भएकाहरुलाई महिला सशक्तिकरण तथा महिला अधिकार कक्षा, उद्घोषणकला तालिम, प्रभावकारी भाषण कला तालिम, व्यक्तित्व विकास तालिम, महिला स्वस्थ्य, समस्या र समाधान कक्षा, आधारभूत पत्रकारिता र पर्यटन पर्वद्धन कक्षा, टेवल शिष्टाचार, र्याम्प वक कक्षा, सौन्दर्य कला तालिम, नृत्यकला तालिम लगायत विषयमा सम्वन्धीत विज्ञहरुबाट करिब तीन हप्ता बन्द प्रशिक्षणमा राखेर आसोज १३ गते धरान ८ स्थित सभागृहमा ग्राण्ड फिनाले हुने विग इभेन्टका डाइरेक्टर प्रेम शाक्यले जनाए ।

विग इभेन्ट नेपालका डाइरेक्टर तथा डिजे ललित राईको कोरियोग्राफि रहने मिस प्लस टु दोस्रो सिजनका विजेताले पुरस्कार स्वरुप नगद ४५ हजार रुपैया, फस्ट रनरअपले २५ हजार रुपैया र सेकेन्ड रनरअपले १५ हजार रुपैया र क्रमशः तीन जना विजेता तथा उपविजेताले ट्रफि, क्राउन, गिप्ट ह्याम्पर र निशुल्क छात्रावुत्ति प्राप्त गर्नेछन् । त्यस्तै गरि व्यक्तिगत टाइटल उपाधिमा मिस ट्यालेन्ट, मिस व्युटिफुल, मिस फ्रेन्डशीप, मिस वेस्ट वक, मिस स्माइल, मिस पर्सनालिटी, मिस वेस्ट ड्रेस, मिस फोटोजेनिक र मिस डिसिप्लीन उपाधि रहेको छ । टाइटल उपाधि विजेताहरुलाई ट्रफि र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

मिस प्लस टु, दोस्रो सिजन कलेज क्याम्पिनमा विग इभेन्टका प्रेसिडेन्ट सन्तोस राई, इभेन्टका आर्थिक विभाग प्रमुख शालिक सतासक, इभेन्टका डाइरेक्टर प्रेमराज शाक्य, मिस प्लस टु २०१७ की सहभागी तथा मोडल सुनिता रसाइली लगायतको उपस्थिति रहेको थियो । धरान १८ स्थित डिपो क्याम्पस र धरान १२ स्थित एम्स एकेडेमिमा भएको पहिलो चरणको क्याम्पियन पछि आइताबार थप कलेजमा जाने अयोजकले जनाए ।