रङ्गेली । आफ्नो कला संस्कृति, परम्परा भेषभूषा, मौलिक थारू परिकार, चाडपर्वको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रदेश–१ स्तरीय ‘मिस एण्ड मिस्टर थारू आइकन’ को अडिसन शुरु भएको छ । थारू कला केन्द्रले नोबेल मिस एण्ड मिस्टर थारू आइकनको अडिसन सुनसरीको झुम्काबाट शुरु गरेको हो । अडिसन भदौ ९ गतेसम्म चल्नेछ । अडिसन उदयपुरको गाईघाट, मोरङको नेताचोक, झापा र विराटनगर गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने युवतीको हकमा ४ दशमलव ७ फिट उचाइ र युवकको हकमा ५ फिट भन्दामाथि हुनुपर्ने आयोजकले जनाएको छ । अडिसनबाट ५० जना युवक र युवती छनौट गरिने आयोजक थारू कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले बताए । उनीहरूलाई एक महिनासम्म विभिन्न व्यक्तित्व विकास र क्षमता विकाससम्बन्धी तालिम प्रदान गरिने उनले जानकारी दिए । ५० जनाबाट अन्तिम राउण्डका लागि ६ जना छनौट गरिने र त्यसबाट मिस एण्ड मिस्टर थारू आइकन घोषणा गरिने आयोजकले जनाएको छ । छनौट भएका ६ जनाले दुई लाखका दरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । विजेताले १५ लाख, फस्ट रनर अपले १० लाख र सेकेण्ड रनर अपले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।