पानवारी । धरान–६ स्थित पानवारीमा रहेको एक वित्तिय संस्थाले आफ्नो सदस्यलाई सुत्केरी भत्ता वितरण गरेको छ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालय धरानले आफ्नो सदस्यलाई सुत्केरी भत्ता रकम प्रदान गरेको हो । धरान–६ पानवारीमा रहेको देविचोक महिला स्वावलम्बी समुहकी सदस्य मिनादेवि श्रेष्ठ र धरान–१९ हरियालीमा रहेको गैरेटोल महिला स्वावलम्बी समुहकी सदस्य सरिता भुजेललाई एक कार्यक्रमका बिच संस्थाका लेखापाल बैजनाथ शर्माले उक्त रकम प्रदान गरेका हुन् । सुत्केरी भत्ता बापत उनीहरुलाई जनही ११ सयका दरले दिइएको लेखापाल बैजनाथ शर्माले बताए । सस्ंथाले आफ्ना ग्राहक सदस्यहरुलाई दुई जना सन्तान जन्मदा आमालाई सुत्केरी भत्ता स्वरुप रकम प्रदान गर्ने गरेको शाखाका कर्मचारी चुडामणी पौडेलले जानकारी दिए ।