पथरीशनिश्चरे/प्रतिनिधिसभाका उपसभामुख डाक्टर शिवमाया तुम्वाहाम्फेले नयाँ ऐनले पत्रकारहरुमा व्यवसायजन्य समस्या सिर्जना गरेको भनेर उठान भएको विषयकाबारे आफुले सरकारसँग जानकारी गराउने बताएकी छिन् । उपसभामुख तुम्वाहाम्फेले मंगलबार झापाको दमकमा कार्यक्रममा आएको मौकामा आफ्नो गृहनगर मोरङको उर्लाबारीमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा सो कुरा बताएकी हुन् । सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत सहित क्लबमा आवद्ध उत्तरपूर्वी मोरङका पत्रकारहरुले नयाँ ऐनले पत्रकारितामा लगाएको अंकुशप्रति एकवद्ध रुपमा विरोधको कार्यक्रम रहेको जनाएका छन् ।
साथै पत्रकारहरुले मुलुकका हरेक पक्ष संघीय बनेपनि सञ्चारमाध्यम दर्ता, वर्गीकरण, समानुपातिक विज्ञापन सहितका गतिविधि एवम् पत्रकारहरुको नियमन निकाय केन्द्रीकृत नै रहिरकोप्रति टिप्पणी गरेका थिए । मोफलसका पत्रकारहरुको क्षमता अभिबृत्ती कार्यक्रम तथा प्रोत्साहनका कार्यक्रममा जोड दिँदै संघीयताको मर्म अनुरुप स्थानीय निकायका विज्ञापन स्थानीय सञ्चारमाध्यममा प्रदान हुनुपर्ने माग समेत उनीहरुले राखेका छन् । उपसभामुख तुम्बाम्फेले दमकस्थित मेची सहकारी संस्थाको संस्थाको २२ औ वार्षिकोत्सव तथा २४ औ साधारणसभामा सम्वोधन गर्दै मुलुकमा सहकारी संस्थाले आर्थिक पाटोमा महत्वूर्ण योगदान पुर्याएको बताइन् । सो अवसरमा उनले मेची सहकारीका संस्थापक अध्यक्ष स्व.गणेशमान बस्नेत सहकारी अभियान्ता पुरुस्कार सहकारी आन्दोलनका अगुवा केशव बढाललाई पुरस्कार प्रदान गरिन् ।
यसैबीच स्व.गणेशमान बस्नेत पत्रकारिता पुरुस्कार राससका विष्णु सुब्बा र मेची सहकारी पत्रकारिता पुरुस्कारबाट कान्तिपुर दैनिकका अर्जुन राजबशी पुरुस्कृत भएका छन् । यसका साथै मेची सहकारी उत्कृष्ट सञ्चार गृह पत्रकारिता पुरस्कारबाट सवाल नेपाललाई प्रदान भएको छ । संस्थाले प्रत्येक वर्ष सहकारी एवं आर्थिक क्षेत्रमा वर्षभरी उत्कृष्ठ काम गर्ने सञ्चारमाध्यम र पत्रकारलाई समेत पुरस्कृत गर्दै आएको छ ।
कार्यक्रममा केशव वडाल, साँसद अर्जुन राइ, राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेश पोख्रेल सहितले बोलेका छन् ।