इनरुवा/ जिल्ला प्रहरी कार्यालय सुनसरीले युवतीमाथि करणी गर्ने तीनजनालाई मङ्गलबार सार्वजनिक गरेको छ ।  इनरुवा–६ हलेशी चोक उत्तरपूर्व खेतमा २४ वर्षीया युवतीमाथि दुई दिनअघि बलात्कार भएको थियो । उक्त बलात्कारको अभियोगमा रामधुनी–२ का राहुल मगर, महमद जन्नत मियाँ र भोला परियारलाई पक्राउ गरी सार्वजनिक गरिएको सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए । उनीहरूले शनिबार राति इनरुवा–६ मधेसामा युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।