मोरङ/ प्रेम विवाह गरेका एक जोडीले आफूहरुलाई ससम्मान घर फर्कने वातावरण बनाइदिन आग्रह गरेका छन् । प्रेम विवाह गरेका सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका हजरत साफी र २० वर्षिया बबिताकुमारी मण्डलले आग्रह गरेका हुन् । उनीहरुले गोप्यरूपमा पत्रकार सम्मेलन गरी आफूहरुलाई निर्भयका साथ सामान्य जीवनयापन गर्ने वातावरण बनाइदिन मानवअधिकारकर्मी, नागरिक समाज, राजनीतिक दललगायतलाई आग्रह गरेका छन् । विवाह तोडिदिने डरले लुकेर बस्दै आएका उनीहरु पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत भएका हुन् ।

बबिताले विज्ञप्ति जारी गरी आपूmहरुले कसैको करकाप, डरत्रास र धम्कीले नभई राजीखुशीले विवाह गरेको जनाएका छन् । विज्ञप्तिमा मेरो बुवा पर्शुराम मण्डलले बबितालाई अपहरण गरेर लगेको कुरो झुठो र कपोलकल्पित भएको उल्लेख छ । बुवाले सामाजिक परिबन्धले आपूmहरुको प्रेम विवाह स्विकार गर्न नसकेर तोड्नका लागि अपहरण तथा डरत्रासको नाटक रच्दै आएको विज्ञप्तिमा उल्लेख छ ।  बबिताले हजरतसँग २०७२ सालमा भुटाहास्थित बालकृष्ण माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै प्रेम बसेको बताइन् । उनले हजरतसँग प्रेम भएकाले उनैसँग विवाह गरिदिन परिवारजनलाई आग्रह गरे तर वहाँहरुले स्विकार नगरेको सुनाइन् । परिवारले विवाह गरिदिन अस्विकार गरेपछि आपूmहरु २०७४ फागुनमा फागु पूर्णिमाको दिन भगेर विवाह गरेको उनले बताइन् । उनले परिवार तथा समाजले आपूmहरुको विवाह तोडिदिने डरले जिल्ला अदालत झापाबाट नाता कायमसमेत गराएको बताइन् ।

दुवैको घर परिवारले प्रेम विवाहलाई स्वीकार नगरेपछि उनीहरु आफन्तको शरणमा एक महिनासँगै बसे । बबिताका बाबु पर्शुराम मण्डलले हजरतका दाई आलम साफी, काकाको छोरा नसिम साफी, ठूलोबुवाका छोरा अकबर साफी सम्साद अंसारी र इटहरीका विकास राईमाथि छोरी अपहरण गरेको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा जिल्ला अदालत सुनसरीले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।  बबिताको बुवा पर्शुरामले जबरजस्ती उनलाई छुटाएर लगेको हजरतले गुनासो पोखे । हजरतबाट छुटेको चार महिना पछि पुनः बबिता उनीसँगै घरबाट भागेर लुकेर बसिरहेका छन् ।

दोस्रो पटक पनि छोरी हजरतसँग भागेपछि पर्शुरामले हजरतका बुवा अमिनउद्दिन साफी, आफन्त परवेज आलम र मुर्सिद साफीमाथि डरत्रास तथा धाकधम्की देखाएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएका छन् । प्रहरीले उनीहरुलाई सोधपुछका लागि एक दिन नियन्त्रणमा लिएर छाडेको छ । पर्शुरामले हजरत र उनका आफन्तले आफ्नी छोरी बबितालाई दोस्रो पटक भदौ ५ गते राति ढोका फोडेर अपहरण गरी लगेको दाबी गरे । उनले पहिलो पटक पनि उनीहरुले अपहरण गरेर फिरौती मागेपछि प्रहरीले पक्राउ गरेर अपहरण तथा शरीरबन्धक मुद्दा चलाएको सुनाए । उनले अमिनउद्दीन, परबेज र मुर्सिदले आपूmलाई अनेक डरत्रास र धाकधम्की देखाएर ज्यान मार्नेसम्मको धम्की दिएपछि प्रहरीमा उजुरी दिन बाध्य भएको गुनासो पोखे । उनले अाफुले नै बबितालाई लुकाएर राखेको अमिनउद्दिनलगायतले प्रहरीमा वयान दिएको दाबी गरे ।

अमिनउद्दिनले छोरा हजरतले बबितासँग गरेको प्रेम विवाह आफ्नो परिवारका लागि अभिशाप भएको गुनासो पोखे । उनले छोरा, भतिजालगायत आफन्त नातागोता विवाह कै कारण जेल जीवन बिताउन र प्रहरीमा धाउन बाध्य रहेको गुनासो पोखे ।