पथरीशनिश्चरे  । मोरङको पथरीशनिश्चरे नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत नगरमा रहेका १७ जातजातिको जातीय समावेशी तीज कार्यक्रम हुने भएको छ । भदौ २१ गते पथरीको नर्मदेश्वर शिवालय मन्दिरमा हुने तीज कार्यक्रममा १७ जातजातिका सांस्कृतिक प्रस्तुतिका साथै ३० वर्ष उमेर कटेका महिलाहरुबीच एकल नृत्य प्रतियोगिता हुने भएको छ । साथमा तीजलाई भड्किलो नवनाई विपन्न महिलाको समेत साझा र खुसीको पर्व बनाउने सन्देशको नाटक समेत प्रस्तुत हुने कार्यक्रम मुल आयोजक समिति संयोजक कार्यपालिका सदस्य अरुणा राईले जनाइन् । कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बूको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन, नगर सदस्य सीता भुसालको संयोजकत्वमा स्वागत सत्कार र नगर सदस्य दिलु मगरको संयोजकत्वमा पत्राचार उपसमिति गठन भएको छ । कार्यक्रममा सवै वडाका महिलाहरुलाई सहभागि गराइ सन्देशमुलक तीज बनाउने तयारी भइरहेको मुल आयोजक समिति सचिव मैनादेवी फुयाँल आचार्यले जनाइन् ।