याशाेक । प्रदेश १ का संघिय मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले पाँचथर र तेह्रथुमका सुख्खा क्षेत्रका नागरिकलाई राहतको ब्याबस्था गर्ने बताएका छन् । प्रभावित क्षेत्रमा अल्पकालिन र दिर्घकालिन राहतको ब्यवस्था प्रदेश सरकारको तर्फबाट हुने उनले बताए । जनताको पीडा र समस्यालाई समाधान गर्न तीन तहको सरकार घर आगनमै भएकाले नागरिकको समस्या सम्बोधन हुने उनले बताए । पाँचथरको सुख्खा ग्रस्त क्षेत्रको अध्ययन गर्न पाँचथरको कुम्मायक गाउँपालिका पुगेका अर्थ मन्त्री आङबोले यस्तो बताएका हुन ।

उनले सुख्खा क्षेत्रको अध्ययनको प्रतिबेदन प्रदेश सरकारलाई बुझाई राहत प्याकेजको बिषयमा छलफल गरि आवश्यक राहतको ब्याबस्था गर्ने बताए । प्राकृतिक बिपन्तिमा परेको सबै भन्दा बढि पाँचथरको तुम्बेवा गाउँपालिका, कुम्मायक र तेह्रथुमको छथर गाउँपालिका रहेकाले प्रदेश सरकारमा यस बिषयमा छलफल गरि बिउ बिजनको ब्याबस्था मिलाउँने मन्त्री आङबोले जोड दिए । सुख्खा क्षेत्रमा अल्पकालिन रुपमा जनताहरुलाई राहत दिने र दिर्घकालिन रुपमा भूगोल र मैसम सुहाउँदो खेती प्रणालीलाई ब्यवस्थीत गर्दै थोपा सिचाही, लगायतका कार्यक्रमहरु संचालन गर्ने उनले बताए । सुख्खा क्षेत्रको अध्ययन टोलीमा प्रदेश सामसद लक्ष्मण तिवारी, संघिय मामिला तथा योजना मंन्त्रालयका उपसचिव रबिन्द्र आचार्य, भूमि ब्यवस्थापन मन्त्रालयका उपसचिव मनोज यादव लगायतको टोली सहभागी रहेको थियो । जिल्लाको सुख्खा क्षेत्र कुम्मायक र तुम्बेवा गाउँपालिकाका ८ सय ८६ घरधुरी खाद्य संकटमा परेका छन । मकै फल्ने समयमा लामो खडेरीका कारण बारीमै मकै सुकेपछि दुबै गाउँपालिकाले प्रभाबित क्षेत्रको प्रतिबेदन संकलन गरेका थिए । संङकलन गरिएको प्र्रतिबेदनको आधारमा प्रदेश सरकारले आवश्यक राहत उपलब्ध गराउँने भएको छ । प्राकृतिक प्रकोपमा परेको कुम्मायक गाउँपालिकामा ३ यस घरपरिवार रहेका छन, भने तुम्बेवा गाउँपालिकामा ५ सय ८६ घरधुरी रहेका छन ।