इलाम । इलाम जिल्लाको सूर्योदय नगरपालिका वार्ड नम्बर पाँच सुम्फुङ गाँउमा बुधबार जिल्ला प्रहरी कार्यालय इलामको प्रहरी नायव उपरिक्षकको टोली,इलाका प्रहरी कार्यालय पशुपतिनगरको कमान्ड टोली र प्रहरी चौकी समालबुङको संयुक्त टोलीले बुधबार विप्लवका ११ जना कार्यकता पक्राउ गरेकाे थियो । पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको कार्यकर्ताको नाम सार्वजनिक गरेको छ । भेलाको तयारी गरिरहेको बेला सूर्योदय नगरपालिका–५ सम्फुङबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजोङ गाउँपालिका वडा नं ३ का सौगात भन्ने अर्जुन आचार्य, दमक नगरपालिका वडा नं ७ बस्ने सन्तोष लिम्बु , दमक नगरपालिका वडा नं २ का सुमन सिंह पौडेल, शिवसताक्षी नगरपालिका वडा नं ११ बस्ने तारा थापा, झापा गाँउपालिका वडा नं २ बस्ने चमनलाल माझी, विर्तामोड नगरपालिका वडा नं ३ का चित्र विश्वकर्मा, सोही ठाउँका सुरेन्द्र मिश्र, गौरीगंज गाँउपालिका वडा नं १ बस्ने संजय राई, भिम कुमार सुब्बा, दमक नगरपालिका वडा नं २ बस्ने विनोद कुमार राई र इलामको देउमाई नगरपालिका वडा नं ८ बस्ने मोहन बहादुर बराल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।