इलाम । “सत्य न्याय परिपुरण र सस्थाँगत सुधार नेपालको विकास र सम्वृद्धिको मूल आधार”भन्ने मूल नाराका साथ बेपत्ता पारिएका व्यक्तिहरुको अन्र्तराष्ट्रिय दिवस देशभरसहित इलाममा समेत मनाइएको छ । न्यायका लागि द्धन्द्धपिडित साझा नेपाल इलामले अगस्ट ३० को सन्दर्भमा आयोजित बेपत्ता पारिएका व्यक्तिहरुको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को सशोंधन मस्यौदा विधयेकमा भएको प्रावधानहरु विषयक छलफल कार्यक्रममा विषयवस्तुमाथि छलफल गरिएको थियो । मस्यौदामा समावेश गरिएका विषयवस्तुको छलफल गर्दै द्धन्द्धपिडित साझा चौतारी इलामका अध्यक्ष दामोदर चाँपागाईले आयोगले सशोंधन गरिएका विषयवस्तु अस्पष्ट भएको प्रष्ट पारेका थिए । उनले बेपत्ता छानविन आयोग अन्तराष्ट्रिय न्यायलयमा जान नसकेका कारण आयोगमा नै खुम्चिनुपरेको बताए । आयोग गठन भएको तीन वर्ष वितिसक्दा समेत काम गर्न नसक्नु आयोगको कमजोरी रहेको बताए । सशोंधन गरेर आएको मस्यौदामा समेत पिडितको पिडालाई उठाउन नसक्ने बताए । आयोगमा इलाममा बेपत्ता पारिएका २७ जना व्यक्तिको नाम दर्ता भएको जसमा चार वटा तामेलीमा गइसकेको,चार वटा सत्य आयोगमा गईसकेको छ । मुलुकभरबाट बेपत्ता छानविन आयोगमा तीन हजार ९३ उजुरी दर्ता भएको छ भने सत्य निरुपण आयोगले ६२ हजार थान उजुरी संकलन गरेको तथ्यांकमा उल्लेद छ । आयोगले सशोंधन गरेको मस्यौदामा अंगभंगलाई गम्भिर मानव अधिकार नमान्ने जस्ता सजाय सम्बन्धी समेत अस्पष्ट रुपमा लेखिएको बताए । उनले भदौ एक बाट लागू हुने फौजदारी र देवानी सहिंता अनुसार कार्य गर्ने भनेको र कार्य भने हेर्नै बाकीँ रहेको बताए ।
आयोगको मस्यौदा विधयेक नै अस्पष्ट
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































