भद्रपुर । गोमन सर्पले डसेर विहीबार झापामा एक बालिकाको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका–२ की १४ वर्षीया पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा उनलाई गोमन सर्पले डसेको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । घटनापछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको जनाइएको छ । पूजा स्थानीय पथरिया मावि कक्षा–८ मा अध्ययरत विद्यार्थी थिइन् । बालिकाको मृत्यु भएपछि गाउँलेले विहीबार घर छेउको जङ्गलमा गोमन सर्पलाई मारेका थिए ।
गोमन सर्पले डसेर झापामा एक बालिकाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































