भद्रपुर । लागू औषध ओसार पसार गरेको आरोपमा चारजनालाइ जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका – १२ का २५ वर्षिय सन्तोष साम्सोहाङ् लिम्बु र अर्जुनधारा नगरपालिका ९ का २० वर्षिय राम प्रसाद भारती रहेका छन् । बुद्धशान्ती गाउँपालिका ४ काली खोला चोकमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शङ्का लागि मे ७ प ७८२८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनिहरुको साथबाट सात पोकामा रहेको अन्दाजी तीन ग्राम ब्राउन सुगर र २२ हजार २ सय ८० नगद बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामग्रीको अन्दाजी १२ हजार रुपैया मूल्य रहेको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । त्यसैगरी प्रहरीले मेचीनगरनगरपालिका–६ बर्मेली टोलका २७ वर्षिय कुशल धिमाल र २२ वर्षिय भरत आचार्यलाइ पक्राउ गरेको छ । विहीबार दिउँसो मेचीपुलमा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मे४प ९४५ नम्बरको मोटरसाइकलको हेल्मेट भित्र लुकाई छिपाई ल्याएको अनुमानित १७ ग्राम ब्राउन सुगर फेला पारेको थियो । ब्राउन सुगरको अन्दाजी ६८ हजार मूल्य रहेको डिएसपी बस्नेतले बताए । घटना पश्चात मानिस सहित मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बस्नेतले जनाए ।

दुइ कैद कारागार चलान ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्धाको आरोपमा दुइ व्यत्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका १ का २४ वर्षिय अनिल कटवाल र सोही वडाका २४ वर्षिय रोशन खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अदालतले ०७५ असार १८ गते भएको फैसलाले उनिहरुलाइ दोषी ठहर गरेको थियो । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयको असूल तहसिल सम्बन्धि विषेश अभियान अन्तरगत गठित समितिले अदालतमा हाजिर हुन आउँदा पक्राउ गरिएको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । अदालतले चारवर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको उनले जनाए । पक्राउ परेकालाइ विहीबार कैद भूत्तानका लागि झापा कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।