पाँचथर । जिल्लाको तुम्बेवा गाउँपालिका–३, पसलटारमा आफ्नै छोरीको छुरा प्रहारबाट बाबुको मृत्यु भएको छ । २७ वर्षिया दिब्यारानी माङलाकले आफ्नो ५४ वर्षिय बाबु वकिल बहादुर माङलाकमाथि बुधबार राती ११ बजे धारिलो छुरा प्रहार गरेकी थिइन् ।

छुरा प्रहारबाट गम्भिर घाइते भएका माङलाकको स्थानीय मेडिकलमा उपचार गर्दागर्दै सिकिस्त भएपछि शुक्रबार थप उपचारका लागि बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मौवाबाट खटेको प्रहरी टोलिले छुरा प्रहार गर्ने दिब्यारानीलाई नियन्त्रणमा लिएको पाँचथर प्रहरीले जनाएको छ । निजले मादक पदार्थ सेवन गरी आफ्नै बाबुमाथि धारिलो छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।