धरान/धरान उपमहानगरपालिकाको एकिकृत सम्पति कर बुझ्ने शाखाले टोकन वितरण र सेवा दिने कुरामा मनपरि गरेको सेवाग्राहीको आरोप छ । सेवा लिन आउने सेवाग्राहीलाई अघिल्लो दिन नै टोकन दिने र अघिल्लो दिनको टोकन भोली पल्ट कार्यलयले पहिलाे प्राथमिकताका साथ बुझीलिने भएर नै बढि समय लागेको सेवाग्राहीको आरोप छ ।
धरान वडा नं. ८ की अन्दाजी ५० वर्षिय मन कुमारी तामाङले भनिन् विहान ११ बजे सम्पति कर बुझाउन आएकी साझको ४ बज्न लाग्यो काम भएको छैन, अघिल्लो दिनकाहरुमा लिएको टोकन बझिदिएका कारण दिनभरि आफुहरु कुरिरहनु परेको छ उनले भनिन् । त्यस्तै धरान वडा नं. १८ की अर्की सेवाग्राही विष्णुकमारी गरुङ भन्छिन् टोकन सिस्टमले छिटो हुनपर्ने तर यहा त उल्टो भइरहेको छ । कार्यलयले अघिल्लो हप्ता बाडेको टोकनले पछिल्लो हप्तामा पनि काम गर्ने भएका कारण अझ बढी समय लाग्ने र बारम्बार नगरबासी एउटै कामको लागी धाइरहनु पर्ने बाध्यता छ ।
यसैविषयमा कर निरिक्षक शारदा प्रसाद भट्टराईलाई टोकन एक दिन अगाडी बाड्न पाइन्छ भनेर सोध्दा जवाफमा मिल्ने भएर नै गर्दै आएको उनले बताए । यसैगरि धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरेले भने हाल अनलाइन माफर्त सेवा दिने सिस्टम बनाएका कारण अहिले ढिलाे भएकाे हाे, अब चाडै नै याे जिम्मा वडा कार्यलयलार्इ दिइने छ । तर अघिल्लो दिन टोकन बाडिने विषयमा आफुलाई जानकारी नभएको यि समस्यालाई अबको दिनमा व्यवस्थापन गरिने उनले बताए ।
यसैगरि राजस्व नीति तथा प्रशासन शाखामा दैनिक दुई सय भन्दा माथिकाे संख्यामा सेवाग्राहीहरु सेवा लिन आइरहेका हुन्छन् । तर कर्मचारीको खाजा खाने समयमा एकीकृत सम्पति कर बुझाउने काउन्टर, व्यवसाय दर्ता, नविकरण बहाल कर र सवारी कर बभाउने काउन्टर र रसिद काट्ने काउन्टर भने एकै साथ बन्द हुन्छ । यसो हुनुको कारण सबै कर्मचारीहरु एकसाथ खाजा खान जाने भएका कारण विहानदेखि टोकन लिएर बसेका सेवाग्राहीहरुले भने घण्टाै पर्खेर बस्नु पर्ने बाध्यता छ ।
राजश्व तिर्न उपमहानगरालिका पुगेका धरान–१५ का गोबिन्द खड्का भन्छन् –‘घण्टौ अघिदेखि टोकन लिएर बस्यो, खाजा खाने समय भन्दै काम रोकेर कर्मचारीहरु हिड्छन् । कर्मचारीको ढिलासुस्तीका कारण ढिलो त हुन्छ नै त्यसमाथि खाजा खान भन्दै सबै काम बन्द गरेर हिडेपछि हामी थप मर्कामा पर्छौ । अर्का सेवाग्राही धरान ६ पानवारीका राजु गौतम भन्छन् कर्मचारीहरु पालैपालो खाजा खान गएमा सेवाग्राहीलाई सास्ती हुने थिए न । सेवाग्राही मध्ये धरान–१३ का अमर खड्काले भने कर्मचारीहरु केही कुरा सोधपुछ गर्दा पनि रिसाउँछन् । आफुले त जसरी पनि काम गर्नुपर्ने हुन्छ तर काम उनीहरुकै हातमा छ केहि भन्यो भने उनीहरु नै ठुला हुन्छन् । अन्य देशमा कर्मचारीले यस्तो प्रकारको काम गरे कर्मचारीलाई र्बखास्त नै गर्ने चलन भए पनि नँया नेपालमा.अन्य देशमा जस्तो सिस्टम बसाल्न नसकेका कारण सेवाग्राहीले सास्ती बेहोर्नु परेको सेवाग्रहीको भनाई छ ।