पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा सानो चिंसाङ खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार वडा नं. ७, स्थीत कानेपोखरी चौकबाट पश्चिम चिसाङ खोला छेउको सुकुम्बसी टोलमा बस्ने श्याम दर्जीको ६ बर्षिय छोरो रेशम दर्जीको सानो चिसाङ खोलाले बगाएर मृत्यु भएको हो । बिहान ८ बजे घरबाट हराए पछि दर्जीको परिवारले खोजतलास गर्दा पनि कतै भेटेनन । कतै नभेटिए पछि दर्जी परिवारले कानेपोखरी स्थीत अस्थाई प्रहरी चौकी दिउँसो १ बजे खोजिदिने निवेदन दिए पछि स्थानीय र प्रहरीले जंगल र जंगलको खोलामा खोलतलास गरेका थिए । स्थानीय र प्रहरीले पूर्वपश्चिम राजमार्ग देखि १ सय मिटर दक्षिणमा सानो चिसाङ खोलाको बिचमा अड्किको अवस्थामा बालकको शव फेला पारेका थिए । कानेपोखरी चौक र चिसाङ खोलाको बिचमा सानो चिसाङ खोला बर्षायाममा बग्ने गरेका छन् । दिउँदमा सुख्खा हुने ठुलो चिसाङमा बाढी आउँदा सानो चिसाङमा पानी बग्ने गर्छ । पहाडमा पानी परेकोले खोलामा सानो बाढी आएको कारण बालकलाई बगाएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बजगाईले बताए । त्यसैगरी कानेपोखरी वडा नं. ३ मा आफ्नो घरको माछा पोखरीमा डुबेर दुई बर्षे बालकमो मृत्यु भएको छ । आइतबार दिउँसो २ बजे हरकपुर स्थीत बिशाल राईको २ बर्षे बालक अभि राईको माछा पोखरीमा डुबेर मुत्यु भएको हो । हजुरबुबासँग खेतमा घाँस काट्न सँगै गएको र घाँस काटेर घर आउँदा नानी नभएपछि पोखरीमा जाँदा पोखरीको पानीमा मृत अवस्थामा भेटिएको इस्पेक्टर बंजगाईले बताए ।