मधुमल्ला । उत्तर पुर्बी मोरङको मिक्लाजुङ गाउँपालिका मा रहेका सामुदायिक बिद्यालयहरुमा बिधुतिय हाजिरी सुरु गरिएको छ । सुगम जिल्लाको बिकट मानिएको मिक्लाजुङ गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयहरुमा बिद्युतिय हाजिरी सुरु गरिएको हो । मिक्लाजुङ गाउँपालिकाको सहयोगमा आईतबार मिक्लाजुङ–७ स्थित भगवति मा बि मधुमल्ला बाट बिद्युतीय हाजिरी सुरु गरिएको हो । पहिलो चरण अन्र्तगत मिक्लाजुङका ७ वटा माध्यमिक बिद्यालयहरुमा बिद्युतीय हाजीरी राखिने मिक्लाजुङ गाउँपालिकाका शिक्षा अधिकृत काशीनाथ खनालले जानकारी दिए । त्यस्तै दोस्रो चरण अन्र्तगत आधारभूत तहका ९ वटा बिद्यालय र प्रा बि तहका २२ वटा बिद्यालयमा चाँडै बिद्युतीय हाजीरी सुरु गरिने खनालले बताए । सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएको र शिक्षकको हाजीरी अनियमित भईरहेको आरोप आईरहेका बेला बिद्युतीय हाजीरीले ठोस प्रमाण दिने उनको भनाई छ । नियमित बिद्यालय आउने शिक्षकहरुलाई यसले थप उर्जा मिल्ने खनालको बिश्वास छ । मिक्लाजुङ गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज आचार्यले बिद्युतीय हाजीरीले सामुदायिक बिद्यालयलाई थप मर्र्या्दित र ब्यवस्थित बनाउने बताए । मिक्लाजुङ गाउँपालिका भित्र हाल ३८ वटा सामुदायिक बिद्यालयहरु रहेका छन् । सुगम ठाउँमा समेत बिद्युतीय हाजीरी सुचारु नभईरहेको अवस्थामा मिक्लाजुङबाट यसको सुरुवात हुनु अन्य बिद्यालयहरुका लागि प्रेरणा मिल्ने स्थानीय भगवति मा बि मधुमल्लाका विद्यालय ब्याबस्थापन समिति अध्क्षय कोमल ढकालले बताए ।