विराटनगर । महानगरपालिका भित्र बम राखेर फर्किएका अभिमनु गिरीले प्रहरीलाई दिएको बयान अनुसार बैनीको बिहे खर्च जुटाउन विस्फोट पद्धार्थ बोकेको बताएका छन् ।

उनले दिएको बयान अनुसार उनका बैनीको बिहेको मिति नजिकीदै थियो,’ अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीले भने, ‘विक्की भनिने विरेन्द्रकुमार यादवले बम बोकेर महानगरपालिकासम्म पु¥याए पैसाँ दिने भने । उनी पनि लोभिए । आवश्यकता अनुसार पैसाँ पाउने भएपछि बम बोकेर लगेको प्रहरीले गरेको प्रराम्भिक बयानमा भनेका छन् ।’

पक्राउ परेका मनोजलाई समेत बिस्फोट गराउन लगाउँने तराई मुक्ति मोर्चामा आवद्ध भएका विरेन्द्रकुमार र रामरिझनले आवश्यकता अनुसार पैसाँ लिने मौखिक सम्झौता गरेका अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । मनोज विराटनगर क्षेत्रको बारेमा जानकार भएकोले पैसाँ दिने सम्झौता भएपछि उनी पनि बिस्पोटनमा संलग्न देखिएको प्रहरीले बताएको छ ।

 

महानगरपालिकामा बम विष्फोट गराउने पक्राउ