पथरी/पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ मलामी पुगेर घर पथरी फर्कने क्रममा पूर्वबाट आएको को ३ प ७९०९ नम्बरको मोटर साइकलले पछाडीबाट ठक्कर दिदा तेह्रथुम जिल्लाको लागिगुँरास नगरपालिका २ बसन्तपुरका क्याम्पस प्रमुख उद्धब मोतेको घटना स्थलमै मृत्यु भएको हो । बसन्तपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहेको मृतक मोते शनिबार ससुरा मेघराज कार्की मलामी पथरी आएका थिए । ससुरा मेघराज कार्कीको मलामी गएर ससुराली घर पथरीबजार फर्कने क्रममा पथरीशनिश्चरे–१, लाटिखोलामा दुर्घटना भएको थियो ।
मोटरसाईकल चालक संजय कामीले मापसे गरेर मोटरसाइकल तीब्र गतीमा चलाएकोले दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बजँगाईले बताए । सोही घटनामा अन्य २ जना लाई पनि मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो । अन्य दुईजना सक्त घाइते भएका उर्लाबारी –२, का छत्र बहादुर दर्जि र तेह्रथुम लालिगुरास नगरपालिका –८, लसुनेका पदम बहादुर नेपालीलाई पथरी हस्पिटलमा राखेर उपचार गरिरहेको प्रहरीले बताएका छन् । मोटरसाईकल चालक संजय कामी पनि घाइते भएकोले पथरी हस्पिटल उपचार भैरहेको छ ।