विराटनगर/ विराटनगरमा लामो समयदेखि ठेला चलाउँदै आएका विराटनगर रामपुरका ४० वर्षीय रामचन्द्र पासवान मृत अवस्थामा फेला परेका छन् । घरबाट हराएको दुई दिनपछि आफ्नै घरछेउको नालामा मृत अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले मृत अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई पोष्मार्टको लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा राखेको मोरङ प्रहरीले जनाएको छ ।