इटहरी/रङको सुन्दरहरैचा नगरपालिका वडा नं ५ बलिया चौकबाट एक कि मी भित्र रहेको नयाँ बृन्दाबन गौशाला धार्मिक पर्यटकिय स्थल बन्ने भएको छ । बिभिन्न दाताहरु बाट दिएको दानबाट गौशला धार्मिक पर्यटकिय क्षेत्र बनाउँन लागीएको छ । बुढीखोलाको किनारमा धमाधम भौतिक संरचना निर्माण हुदै गरेको गौशला पर्यटकहरुको मन लोभ्याउँन थालेको पाईन्छ । पछिल्लो केहि बर्ष यता पर्यटकिय क्षेत्रमा निजि लगानी समेत बढिरहेको बेला धार्मिक पर्यटकिय क्षेत्र बनाउँन धार्मिक गुरु सँगै स्थानीयहरु कम्मर कस्सेर लागी परेका छन् । पर्यटकहरुलाई आर्कषण गराउँन अहिले यस क्षेत्रमा भौतिक निमार्णको काम समेत भईरहेको राधेश्याम सेवा टूष्ट नयाँ बृन्दाबन गौशालाका संथापक संरक्षक दीनबन्धु शास्त्रीले जनाए । २०६५ सालबाट सुरु भएको नयाँ बृन्दाबनले पर्यटकहरुको मन लोभ्याउँन थालेको उनी बताउँछन । हामी यस नयाँ बृन्दाबनलाई पर्यटकहरुको आर्कषक केन्द्र बिन्दु बनाउँने तरखरमा छन उनले भने ।

उराठलाग्दो खोलाको बगरमा कास घारी फाडेर निमार्ण सुरु गरेको नयाँ बृन्दाबन गौशलाले भविष्यमा लोभलाग्दो पर्यटक भित्राउँने दाबी गर्छन टूष्टका उपाध्यक्ष क्षेत्रबहादुर कार्की । सुरुमा हामीले यस क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउँछौ भन्दा कसैले पत्याएका थिएनन्,हामी यो क्षेत्रलाई अन्तराष्टिूय स्तरको पर्यटकिय क्षेत्र बनाउँछौ उनले भने । राज्यको भन्दा पनि दाताको दानले बन्दै गरेको गौशालामा अहिले पनि पर्यटकहरुको भिडभाड सुरु भएको छ कार्की भन्छन् । नयाँ बृन्दाबनलाई प्रमुख पर्यटकिय क्षेत्र बनाउँने हाम्रो लक्ष्य हो उनी थप्छन् । इटहरीबाट बृन्दाबन पुगेको सङ्गीत साधना इटहरीका महासचिव राजु केसीले बृन्दाबनलाई अझै ब्यवस्थीत गदै पर्यटकिय क्षेत्र बनाउँनु पर्ने बताउँछन । अहिले मानिसहरु पर्यटकिय क्षेत्रमा घुम्न र रमाईलो गर्ने रुचाउँने गरेको कारण गौशाला धार्मिक पर्यटकिय क्षेत्र बनाउँन उपयुक्त रहेको जनाए । उनले भने यती धेरै मेहनतको साथ निमार्ण हुदै गरेको धार्मिक पर्यटकिय क्षेत्रलाई सबैले सहयोग गर्ने आवश्यक छ ।

विश्वकै अग्लो गाईको मुर्ती नयाँ बृन्दाबन गौशालामा विश्वकै अग्लो गाईको मुर्ती राखीने भएको छ । धार्मिक पर्यटकिय स्थल बनाउँन विश्वकै अग्लो गाईको मुर्तीको आईतबार शिलान्यास समेत भएको छ । ५१ फिट उचाई रहने यो गाईको मुर्ती एक बर्ष भित्र बन्ने जनाईएको छ ।  गाईको मुर्तीको शिलान्यास गदै संघियमामिला तथा स्थानीय मन्त्रालयका सचिव दिनेश थपलियाले विश्वकै ठुलो मुर्ती बन्नु आफैमा गौरभ रहेको बताए । उनले भने हाम्रो देशमा ठुलो मुर्ती बन्नु गौरभको कुरा हो । आफ्नो गौरबको योजनामा राखेको नगरपालिकाले उक्त परीयोजनालाई क्षतिबाट बचाउन बुढीखोला तटबन्ध निर्माण गरे धार्मिक पर्यटन संगै हिन्दु संस्कृतीको संरक्षण हुने सास्त्रीको भनाइ रहेको छ । देशमा बढ्दो अशान्ती तथा सामाजिक र पारिवारीक कलहलाई रोक्न समेत यो धार्मिक पर्यटक आवश्यक परेको दिनबन्दु सास्त्री भन्छन् । अहिले सस्कृति बढ्ने विद्यार्थीहरु समेत यहाँ छन उनले भने । बृन्दाबनमा अहिले २० वटा गाईहरु छन ।

पुर्खाको सङ्ग्राहलय बन्दै मोरङको सुन्दरहरैचा नगरपालिका ५ मा विश्वमै पहिलोपटक एकै ठाउँमा २४ वटा ऋषिप्रतिमा स्थापना हुने भएको छ । श्री राधेश्याम सेवा टूष्टको सत्संकल्पमा सुन्दरहरैचा स्थित नयाँ बृन्दाबन गौशालाको भित्र रहेको साढे ७ बिगाहा क्षेत्रफलमा सो प्रतिमा स्थापनाका लागि करिब डेढ बिगाहा जग्गा ऋषि पार्क निर्माणका लाग्ने भएको छ ।  उक्त ऋषिपार्कमा २४ वटा गोत्र प्रवर्दक ऋषिका धातुका प्रतिमाहरु निर्माण गर्ने काम भईरहेको छ । उक्त ऋषि पार्कले धार्मिक तथा पर्यटकिय महत्व राख्नुका साथै आफ्ना पूर्वजहरुको आर्शिवाद प्राप्तिका लागि उत्तम स्थान हुने छ । नयाँ बृन्दाबन गौशालामा तीन तले कृष्ण मन्दिर, अनाथआश्रम, बृद्धाआश्रम, बालआश्रम, विशाल सभाहल, संगीतमय पोखरी, बगैचा, राशीअनुसारका बृक्षहरु लगायत निर्माण भईरहेको छ ।

त्यस्तै बृन्दाबन भित्र पूर्वकै ठुलो राधाकृष्ण मन्दिर निमार्णको काम पनि अन्तिम चरणमा पुगेको बताईएको छ । नेपालकै ठुलो राधाकृष्ण मन्दिर बनाउँने भनिए पनि अन्य ठाउँमा ठुला मन्दिर बनेको कारण यो साना हुन पुग्यो दिनबन्दु सास्त्रीले भने ।