-
Home
-
पूर्व
-
वडास्तरीय सार्वजनिक सुनवाइ सम्पन्न
वडास्तरीय सार्वजनिक सुनवाइ सम्पन्न
मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकाले मिक्लाजुङ गाउँपालिकाको वडा नं. २, ३ र ४ को वडा स्तरीय सार्वजनीक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार आर्थिक पारदर्शीता र सुशासन र नागरीकहरुलाई सुचनाको हक सुसुचित गराउने साथै नागरीक सचेतनामा वृद्धी गराउने उद्धेश्यले सार्वजनीक सुनवाई कार्यक्रमको आयोजना गरीएको वडा नं. २ का वडाध्यक्ष गौरीप्रसाद राईले बताए ।
मिक्लाजुङ गाउँपालिका वडा नं. २, ३ र ४ मा यस आर्थिक वर्ष ०७४/७५ मा भएका योजनाहरु र त्यसको लागत र आर्थिक पारदर्शीतामा केन्द्रित सार्वजनीक सुनवाईमा स्थानीय नागरीकहरुले राखेको प्रश्नहरुको जवाफ २, ३ र ४ का वडाध्यक्षहरु गौरी प्रसाद राई, खगेन्द्र मादेन र बुुद्धीमान लिम्बुले दिएका थिए । कार्यक्रममा सहभागीहरुले स्थानीय वडा स्तरमा भएका योजनाहरुको संचालनमा भएका कमीकमजोरी र राम्रा पक्षहरुको बारेमा प्रश्न राखेका थिए ।
वडा स्तरीय योजनाहरुमा वडा नं. २ ले ३८, वडा नं. ३ ले ३१ र वडा नंं. ४ ले ४९ वटा योजना संचालन गरी सम्पन्न गरेको र प्रत्येक योजनाहरुम आर्थिक पारदर्र्शीता र शुशानलाई उच्च प्राथमीकतामा राखी योजानहरु संचालन गरीएको वडाध्यक्ष खगेन्द्र मादेनले बताए । कार्यक्रम उडेका केही जटील गाउँपालिका स्तरका योजनाहरुको बारेमा कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका उप प्रमुख सरला राईले प्रस्ट पारिन् । कार्यक्रम वडा नं. २ का वडाध्यक्ष गौरी प्रसाद राईको सभापतित्वमा सम्पन्न भएको थियो ।