मधुमल्ला । मोरङ को मिक्लाजुङमा हात्तीले आइतबार मध्यरातमा तीन घरमा क्षति पुर्याएको छ । हम्से दुम्से सामुदायिक वन दमक क्षेत्रबाट आएको चार वटा जंगली हात्तीले मिक्लाजुङ–८ मावा तोरीबारी का लक्ष्मी तिम्सीना र मिक्लाजुङ – ७ मलामी टहरा का विशाल राइ र गिरीराज थापाको घरमा क्षति पुर्याएको हो ।
उनीहरुको घरमा क्षति पुर्याउनको साथै अन्नपात नष्ट गरिएको छ । मध्यरात ११ बजे हात्तीले घरमा क्षति पुर्याउन थालेपछि स्थानीयमा भागदौड मच्चिएको थियो । हात्तीले मानवीय क्षति नपुर्याएपनि निम्न आय भएका परिवारको घरमा क्षति पुर्याएपछि पीडितहरुको विजोग भएको स्थानीय बालकुमार भण्डारीले बताए ।
हात्तीले क्षति पुर्याएपछि वडा नं. ८ का वडा सदस्य हेम कुमार श्रेष्ठले अवलोकन गर्दै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने आश्वसन दिएका छन् । हात्तीले मानवीय क्षति नपुर्याएपनि अन्नपात र घरको बेराबारा क्षति पुर्याउदा एक लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक टेक बहादुर श्रेष्ठले बताए ।
त्यस्तै, पछिल्लो समयमा मिक्लाजुङमा हात्ती आंतक सिर्जना भएको छ । केही दिनअघि मात्र मिक्लाजुङ–९ र ६ वडा को अशोक चौक र कशेनी आसपास क्षेत्रमा हात्तीले क्षति पुर्याएको थियो । त्यसैगरी सिमावर्ती झापाको दमक–३ स्थित दुम्सेमा पनि गएराती जंगली हात्तीले उप्रदो मच्चाउदाँ त्यहाँका आधा दर्जन बढी घरमा क्षति पुगेको छ ।
वडाध्यक्ष नविन बरालका अनुसार दुम्से बस्तीसंगै जोडिएको हंम्सेदुम्से सामुदायिक बनबाट राती ८ वजे र पुनः २ वजे तिर आएको ५ वटा जंगली हात्तीले त्यस बस्तीका टंक बराल,दुर्गादेवी वराल,खेमराज काफ्ले,ललित प्रधान,मानबहादुर कुरुम्बाङ र गोपाल तामाङको घरमा क्षति पुर्याएको थियो ।
कुनै मानवीय क्षति नभएनि हात्तीले घरमा राखेका अन्नबाली खानुका साथैं घरमा समेत आक्रमण गरी क्षति पुर्याँएको वडाध्यक्ष बरालले बताउनुभयो । हात्तीलाई गाउँँले र प्रहरीको सहयोगमा रातीनै जंगलतर्फ धपाइएको थियो । बर्सेनी त्यस क्षेत्रमा जंगली हात्तीले सताउदै आएको छ ।