उर्लाबारी / कृषि विकास बैंक लिमिटेड उलार्बारी शाखाले गत आर्थिक बर्षमा ३ करोड लाख १९लाख खुद मुनाफा गरेको छ । बैकले उक्त अवधीमा ५७ करोड ५७ लाख ८५ हजार रुपैया कर्जा प्रवाह गरेको छ । बैंकले त्यस आवमा ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो । सो बैंकले त्यस आवमा ४४ करोड ५० लाख रुपैया“ कर्जा असुली गर्ने लक्ष्य लिएकोमा ५४ करोड ६१ लाख ५९ हजार रुपैया असुली गरेको जनाएको छ । कुल पाच“ करोड रुपैया ब्याज असुली गर्ने लक्ष्य लिएको सो बैंकले त्यस आवमा ५ करोड ६३ लाख ८२ हजार रुपैया असुली गरेको छ । बैंकले त्यस आवमा सात करोड २४ लाख ७२ हजार रुपैया व्याज आम्दानी गरेको जनाएको छ । सो बैंकमा आठ सय आठ जना ऋणी रहेको र तीन हजार आठ सय जना निक्षेपकर्ता रहेको बैंकका प्रबन्धक तक्षक रायले बताएका छन । २०६६ सालदेखि बैंकिङ कारोबार सुरु गरेको सो बैंकले भाका नाघेको ऋण शुन्य रहेको जनाएको छ ।