मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं. ७ मा शनिबार भएको रक्तदान कार्यक्रममा एक सय ८ पिन्ट रगत संकलन भएको छ । लायन्स क्लब अफ मधुमल्ला र लायन्स क्लब अफ दमक श्री अन्तुको आयोजना तथा दमक रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा संचालित रक्तदान कार्यक्रममा १०८ पिन्ट रगत संकलन भएको हो । रक्तदान जीवनदान भन्ने मुलनाराका साथ आयोजित कार्यक्रममा २० महिला र ८८ पुरुष गरी १०८ जनाले रक्तदान गरेको लायन्स क्लब अफ मधुमल्लाका अध्यक्ष प्रकाश बस्नेतले जानकारी बताए । कार्यक्रममा महिला दिदी बहिनीहरुको समेत उल्लेख्य मात्रामा सहभागिता रहेको बस्नेतले बताए ।कार्यक्रममा प्राविधिक कारणले गर्दा ब्लड संकलन गर्ने व्याग अपुग भएका कारण दुई दर्जन बढी रक्तदाता रक्तदान नगरी फर्किएका थिए । काक्रमका प्रमुख अतिथि जोन एरिया कोअर्डिनेटर गोपाल अग्रवालले देशमा देखिएको रगत अभावको क्रमलाई कम गर्दै स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यले राखिएको रक्तदान कार्यक्रम उपयोगी भएको बताए । कर्यक्रममा मिक्लाजुङ गगाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, लायन जोन चेयर पर्शन कोमल शाक्य, लायन्स क्लब अफ दमक श्री अन्तुका अध्यक्ष बि.पि. मिश्रको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य लायन अमृत कुमार श्रेष्ठले राख्नु भएको थियो भने । कार्यक्रम लायन्स क्लब अफ मधुमल्लाका अध्यक्ष प्रकाश बस्नेको सभापतित्वमा सम्पन्न भएको थियो ।