पथरीशनिश्चरे । उत्तरपूर्वी मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ स्थित जाँतेको किराँत चौकमा किराँत भाषा साहित्यका संस्थापक राष्ट्रिय विभूति श्रीजंघाको पूर्णकदको शालिकको सोमबार शिलान्यास भएको छ ।
पहिलो ओली चोक नाम रहेको र हाल किरात चोक नामाकरण भएको चौबाटोमा बन्ने सालिकको लिम्बू जातिको फेदाङ्माबाट स्वस्ती वाचनपछि वडाध्यक्ष भीम पोखरेलले शिलान्यास गरेका हुन् ।
किराँतीहरूको बाक्लो बस्ती भएको सो स्थानमा किरातभाषा लिपीका प्रवद्र्धतकको सालिक राखेर उहाँप्रति सम्मान व्यक्त गर्न लागिएको सालिक निर्माण समिति अध्यक्ष इन्द्र आङ्वोहाङले जनाए । देश विदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगमा सालिक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आङ्वोहाङले सुनाए । करीव ३ लाख रुपैयाँ मूर्तिको अनुमान गरिएको भएपनि सम्पूर्ण लागत अनुमान गरिएको छैन । सहयोग जुटाउँदै निर्माण गर्दै जाने योजना रहेको छ ।