आर्थिक रूपमा विपन्न श्रेष्ठको विषयमा ब्लाष्ट दैनिकले समाचार प्रकाशित गरेको थियो । धरान–५ देउराली निवासी ७३ वर्षीय श्रेष्ठलाई पुचः इटहरीले खाद्यान्न तथा लत्ताकपडा आइतबार हस्तान्तरण गरेको हो । पुचःका बाबुराम प्रधान, बिमल प्रधानलगायतको टोलीले दाल, चामल, नुन, तेल, लत्ताकपडा र केही नगद सहयोग गरेका हुन् ।
ब्लाष्टमा सहयोग याचनासम्बन्धी समाचार प्रकाशित भएपछि नेवाः देय दवुःका केन्द्रीय सदस्य अनिल मास्केले चासो देखाएका थिए । उनकै सहकार्यमा नेवाः पुच इटहरीका बिमल प्रधान श्रेष्ठको घरमा निरीक्षणका लागि आएका थिए । निरीक्षणपश्चात विपन्न श्रेष्ठ दम्पतीलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । दवुःका केन्द्रीय सदस्य मास्केले उनको परिवारलाई थप सहयोग गर्ने योजना रहेको र छोरीको पढाइका लागि पनि संस्थाले सोचिरहेको बताए । श्रेष्ठ र उनकी श्रीमतीले अर्काको घरमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका थिए ।
त्यसक्रममा एकदशकअघि दाउरा बोक्ने क्रममा श्रीमतीको ढाँडमा समस्या आएको थियो । उनीहरू सेउती खोलामा गिट्टी चालेर जीविकोपार्जन गर्दै आएका थिए । तर, बर्खाको समयमा नेपाल सरकारले चार महिना नदीजन्य क्षेत्रको उत्खनन्मा रोक लगाएका कारण दुई छाक टार्नसमेत धौं–धौं भएपछि छिमेकमा मागेर पेट पाल्दै आएका छन् ।
http://www.blastkhabar.com/news/2018/08/30/92544.html http://www.blastkhabar.com/news/2018/09/04/93197.html