चोरीमा गर्ने पक्राउ
पाँचथर । कोठामा लुकाएर राखेको नगद चोरी गर्ने एक युवक पक्राउ परेका छन् । नगद चोरीको आरोपमा इलाम नगरपालिका–३, बस्ने २७ वर्षिय सुशन गुरुङलाई पाँचथर प्रहरीले पक्राउ गरेको हो । उनले फिदिम बजारस्थित शनिबारेमा डेरा गरी बस्ने फिदिम–८, रानीटारका गोविन्द गुरुङको नगद चोरी गरेको प्रहरीले जनाएको छ । गोविन्दले दिएको जाहेरीको आधारमा सुशनलाई फिदिम बजारबाटै पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । निज उपर जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































