धरान/ ल्याटिनो सङ्गीत भित्राएर नेपाली साङ्गीतिकाशमा छाएका दीपक बज्राचार्यले शनिबार धरानेमाझ गुञ्जिएका छन् । टुर्वोगको प्रस्तुतिमा भएको मेघा लाइभ कन्सर्टमा दीपकसहित द रिदमले धरानेलाई उफारे । लामो समयपछि धरान आएका दीपकले चर्चित गीत ‘म कुनै ऋतु होइन्’ बाट साङ्गीतिक प्रस्तुति दिँदै एकदर्जन बढी गीतमार्फत् धराने दर्शकलाई मनोरञ्जन गराए । उनले ‘ओ अमिरा, अल्लारे, मायाको डोरी, काली–कालीलेलगायतका चर्चित गीत प्रस्तुत गरे । युट्युव ट्रेडिङ बनेको ‘मन मगन’ गीत समेत गाउँदा धराने दर्शकहरूमा नयाँ उत्साह देखिएको थियो । नेवारी फ्लेवरको मन मगन नयाँ प्रयोग गरेका छन् । पछिल्लो समय सवत्र रूचाइएको यो गीत गाउँदा धरानले पनि साथमा साथ मिलाएका थिए । सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा भएको कार्यक्रममा गायक डिल्ली फोम्बोले पनि दर्शकलाई मनोरञ्जन गराए । उनीसहित द बिमोक्सको प्रस्तुतिमा धरानेहरूले अपनत्व महसुस गरे । त्यसक्रममा ¥यापर बुलेट फ्लोको ¥यापले स्रोता जोसिएका थिए । मेघा लाइभमा असोज १२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘कथा काठमाडौं’ को ट्रेलरका साथ कलाकारहरूले फिल्मको विषयमा जानकारी गराएका थिए । सञ्चारकर्मी तथा निर्देशक सङ्गीता श्रेष्ठले फिल्मको विषयमा जानकारी गराउँदै दर्शकहरूलाई हलमा गएर फिल्म हेरिदिन आग्रह गरिन । यसक्रममा नेवाः देय दवूः धरान नगरले गायक वज्राचार्यलाई सम्मान पत्रले सम्मानित गरेको थियो । मेघा लाइभ मोरङको पथरीमा पनि पहिलो पटक भएको थियो । जहाँ गायक बज्राचार्य पहिलो पटक कार्यक्रम गर्न पुगेका थिए ।