सिरहा। अबैध रुपमा ओसार पसार गरी लादै गरेको लाँखौ मुल्य बाराबरको काठ डिभिजन वन कार्यालय सिरहा,लहानले बरामद गरेका छन् । डिभिजन वन कार्यालय सिरहा, लहानका सहायक वन अधिकृत अमरेन्द्र प्रसाद यादबको कमाण्डमा खटिएको गस्ती टोलि सोमबार राती गोलबजार नगरपालिको आका गंगा भन्ने चुरे संरक्षित क्षेत्रबाट अबैध रुपमा साईकलमा बोकी ल्याउदै गरेका अवस्थामा साज जातको चिरान दुई फेन्टा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नं. १० बस्ने दिनेश मुखियाको छोरा वर्ष १८ को रोशन मुखिया रहेको निमित्त डिविजनल वन अधिकृत राजकुमार ठाकुरले बताए ।
पक्राउ परेका मुखिया माथि वन ऐन २०४९ अनुसार कारवाही हुने सहायक वन अधिकृत अमरेन्द्र प्रसाद यादबले बताए । साथै गस्तीकै क्रममा गोलबजार न.पा. १० बाट १८ थान साल र साज जातका चिरान फेन्टा ६ थान साईकल सहित काठ पक्राउ गरेको छ ।
चुरे संरक्षीत क्षेत्रबाट अबैध रुपमा साल र साज थान ७.७१ क्यू.फिट परिमाणको काठ ल्याउदै गरेको अवस्थामा वन कर्मचारीहरुलाई देखी तस्करहरु साईकल र काठ छाडी भागेको सहायक वन अधिकृत अमरेन्द्र प्रसाद यादबले बताए । बरामद काठ तथा साईकल उपर आवश्यक छानविन भै रहेका छन ।